Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी समुदायलाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी समुदायलाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग


  • 1.2K
    Shares

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी समुदायलाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेश स्थीत बादी समुदायलाई खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको छ । 

    कम्पनीले  दाल, चामल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ। बादी समुदाय नेपालको सबैभन्दा सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । 

    हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले बादी समुदायको महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको हो।

    सिटिजन लाइफको  सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १०:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij