२०८२ आश्विन २८ गते मंगलवार
नेपाली कांग्रेसले सरकारले अझै सशक्तरुपमा डेलीभरी बढाउनुपर्ने र गठबन्धनबीच तालमेल गर समन्वय गर्नुपर्नेमा जोड दिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकपछि यस्तो जोड दिइएको हो।
‘सरकारको परफरमेन्स अझ राम्रो हुनुपर्छ, गठबन्धन दलबीच बढी समन्वय हुनुपर्यो र सन्तुलन हुनुपर्यो,’ बैठकपछि प्रवक्ता प्रकाशरण महतले भने, ‘अझ सशक्तरुपमा सरकारले डेलीभरी दिनसक्नु पर्दछ र तालमेल राम्रो मिल्नुपर्दछ भन्ने कुरामा साथीहरुले कुराकानी राख्नुभयो।’
उनले नेताहरुले उठाएको यस्ता कुराका बारेमा नेतृत्वले निरन्तर छलफल गरिरहहेको र त्यो कुरा हुन्छ भन्ने आश्वासन पनि नेतृत्वले दिलाएको बताए। ‘त्यो सम्बन्धमा नेतृत्व तहले निरन्तर कुराकानी पनि गरिराख्या छौं,’ महतले भने, ‘जहाँ सुधारको आवश्यकता छ, समन्वयको आवश्यकता छ। तो कुरा हुन्छ। गराउँछौं भन्ने नै कुरा भएको छ।’
बैठकमा समग्र राजनीतिबारे विश्लेषण भएको र शिक्षकहरुको आन्दोलनबारे पनि छलफल भएको उनले जानकारी दिए। पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्। त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij