Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

महामन्त्री थापाले भने- हिजो बेलुकीसम्म सरकार नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो

महामन्त्री थापाले भने- हिजो बेलुकीसम्म सरकार नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो


  • 4.9K
    Shares

    महामन्त्री थापाले भने- हिजो बेलुकीसम्म सरकार नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो
    images

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा बनेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक सरकार टिक्छ भन्नुपर्ने अवस्था रहेको बताएका छन्।

    नेपालको ८/१० वर्षको अनुभवले चुनावअघि वा चुनावपछिको गठबन्धन राम्रोसँग चल्न नसकेको देखाएको उनको भनाइ छ।

    ‘प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई-तीन पटक मेरो सरकार टिक्छ टिक्छ भन्नैपर्छ, जति बलियो भए पनि,’ कांग्रेसको बारा क्षेत्र नम्बर ३ ले बुधबार गरेको क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले भने, ‘हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्छ, यस्तो पनि सरकार हुन्छ हाम्रो?’

    संविधानमा देखिएका त्रुटि सच्याउनुपर्ने उनको भनाइ थियो। ‘नेपालमा जुन पार्टी आए पनि बहुमत आउँदैन भन्ने लागेको होला तर हामीले उपाय खोजेका छौं, २०८२ को अन्तिमसम्म संविधानमा आवश्यक संशोधन गर्नुपर्छ,’ उनले भने।

    उनले कांग्रेस पार्टीको जिम्मेवारी रहेको भन्दै जता हावा चल्यो त्यतै जाने पार्टी कांग्रेस नभएको पनि बताएका थिए।

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १५:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij