२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज (मंगलबार) बिहान ११ः०० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच गोप्य भेटवार्ता भएको हो ।
उनीहरूबीच झन्डै एक घण्टा लामो छलफल भएको थियो । सरकारी कामकारबाही र शिक्षकहरूको आन्दोलनबारे छलफल भएको स्रोतले बताएको छ ।
सत्तारूढ कांग्रेसभित्रै सरकारको चर्को आलोचना भइरहेको छ भने प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार गठन हुने बताएका छन् ।
यहीँ मौकामा प्रधानमन्त्री ओली र प्रमुख सत्तारूढ कांग्रेस सभापति देउवाको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij