Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

ट्रम्पको आगमनपछि अमेरिकाबाट ७० नेपाली ‘डिपोर्ट’

ट्रम्पको आगमनपछि अमेरिकाबाट ७० नेपाली ‘डिपोर्ट’


  • 1.5K
    Shares

    ट्रम्पको आगमनपछि अमेरिकाबाट ७० नेपाली ‘डिपोर्ट’
    images

    काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएयता ७० जना नेपालीलाई अमेरिकाले ‘डिपोर्ट’ गरेको छ ।

    ट्रम्पले २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । २०२५ को जनवरी २० देखि मार्च १२ सम्मको अवधिमा अमेरिकाले ७० नेपालीलाई डिपोर्ट गरेको हो ।

    “सन् २०२५ जनवरी २० देखि मार्च १२ सम्मको अवधिमा ७० जना नेपाली अमेरिकाबाट डिपोर्ट भई आएका छन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी वरिष्ठ अध्यागमन अधिकृत सीता परियारले  जानकारी दिइन् ।

    पछिल्लोपटक यही मार्च ११ मा तीनजना र मार्च १२ मा दुईजना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । पछिल्लो पाँच दिनमा पाँच नेपाली अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । 

    अमेरिकी डिपोर्टमा परेकाहरूलाई अध्यागमन कार्यालयले विमानस्थलबाटै नेपाल प्रहरीलाई बुझाउने गरेको छ । त्यसपछि प्रहरीले उनीहरूसँग आवश्यक सोधपुछ गर्दै आएको छ । अवैधरूपमा अमेरिका गएकाले उनीहरूसँग प्रहरीले मानव तस्करबारे सूचना लिने गरेको छ ।

    अमरिकाले डिपोर्ट भएकाहरूमाथि अवैधरूपमा अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिना भिसा बसेकोजस्ता आरोप लगाउने गरेको छ ।

    ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्ने सम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

    त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एकहजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । 

    सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । जो बाइडेन राष्ट्रपति हुँदा एक वर्षको अवधिमा जति संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए, ट्रम्प राष्ट्रपति भएपछिको करिब तीन महिनामा त्यसको दुईगुणा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

    ट्रम्पले दोस्रोपटक अमेरिकाको राष्ट्रपतिको शपथ लिएपछिको ८६ दिनमा ७० जना नेपाली डिपोर्टमा परेका छन् ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १६:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij