Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काठमाडौं महानगरका २ हजार ७३० विद्यार्थीले प्राप्त गरे ३.६ देखि ४ जिपिए

काठमाडौं महानगरका २ हजार ७३० विद्यार्थीले प्राप्त गरे ३.६ देखि ४ जिपिए


  • 1.8K
    Shares

    काठमाडौं महानगरका २ हजार ७३० विद्यार्थीले प्राप्त गरे ३.६ देखि ४ जिपिए

    काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको वैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

    ज्ञवालीका अनुसार ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ७३० जना रहेको छ । यस्तै ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गर्ने ६ हजार ४५५ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ३ हजार ९७ जना, २.० देखि २.४ जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । यस्तै ० देखि १.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५ हजार १७४ जना छन् ।

    विषयगत रुपमा हेर्दा गणित विषयमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थीले नट ग्रेडेड छन् । ३६ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थीहरु नट ग्रेडेडमा पर्छन् । दोस्रोमा सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २१२ जना, नेपाली विषयमा १ हजार ४४४ जना, अंग्रेजीमा १ हजार ११७ जना र नेपाल भाषामा ६६७ जना विद्यार्थीले नट ग्रेडेड छन् ।

    नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन । विषयगत नट ग्रेडेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले निर्णय गरेको छ ।

    आधारभूत-शिक्षा-परीक्षाको-नतिजा-प्रकाशन-सम्बन्धी-सूचना.pdf :To download file click here

    प्रकाशित मिति :चैत्र ३० २०८१ शनिवार - १२:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij