Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब

पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब


  • 2.1K
    Shares

    पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको पूर्वमुख्यमन्त्री मायावतीकै आफन्त एक महिलाले प्रहरी समक्ष अनौठो उजुरी गरेकी छन् ।

    पूर्वमुख्यमन्त्री मायावतीकी भदैनीले पतिबाट बच्चा नहुने भएपछि आफूलाई जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको भन्दै पति र उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । जेठाजु र ससुराले आफूलाई बलात्कारको प्रयास गरेको समेत उनले उजुरीमा उल्लेख गरेकी छन् ।

    उनी विवाहपछि पति र उसको परिवारसँग उत्तर प्रदेशकै हापुडस्थित घरमा बस्दै आएकी थिइन् । पीडित महिलाकी सासु हापुड नगरपालिकाकी अध्यक्ष रहेको बताइएको छ । ससुरा भने बहुजन समाजवादी पार्टीका नेता हुन् ।

    विवाहको केही समयपछि पति विशाल, ससुरा श्रीपाल सिंह, सासु पुष्पादेवी, जेठाजु भुपेन्द्र (मोनु), जेठानी निशा, नन्द शिवानीसहितले अतिरिक्त दाइजोको माग गरेको पनि पीडितले खुलासा गरेकी छन् । उनीहरूले एउटा फ्ल्याट र ५० लाख रुपैयाँ नगदको माग गरेको बताइएको छ । दाइजोका लागि दबाब बनाउन आफूलाई कुटपिटसमेत गरेको पीडित महिलाको भनाइ छ ।

    शारीरिक सुगठनका क्रममा पतिले स्टेरायडको इन्जेक्सन लिएका कारण नपुंसक भएको भन्दै पीडित महिलाले आफूलाई बच्चा जन्माउनका लागि पतिका परिवारले जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको उजुरीमा उल्लेख गरेकी छन् ।

    १७ फेब्रुअरीको रात आफूलाई जेठाजु र ससुराले निर्घात कुटपिटका साथै बलात्कारको प्रयाससमेत गरेको उनको भनाइ छ । २१ मार्चकै दिन प्रहरीमा उजुरी गरे पनि कारबाही नभएपछि अदालत समक्ष न्याय माग गरेको र अदालतको आदेशपछि प्रहरीले आरोपितविरुद्ध मुद्दा दायर गरेर कारबाही अघि बढाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ११:२१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij