२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले १४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर बैंककै संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सेयर निष्काशन गरेको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयरको विवरण उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने हन्छ।
तोकिएको समयसीमाभित्र बैंकको संस्थापक सेयरधनीहरूबाट सेयर खरीदको लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij