२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहक वर्गहरूलाई लक्षित गर्दै ‘महालक्ष्मी घर कर्जा’ एकल अंकको आकर्षक ब्याजदर ७.९९ प्रतिशतमा प्रदान गर्ने घोषणा गरेको छ।
बैंकले उक्त अफर नयाँ घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सार्वजनिक गरेको छ। यस अफरले वातावरण संरक्षण, दिगो विकास प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डको पालना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। बैंकले मोबाइल बैंकिङ प्रणालीलाई थप सजीलो बनाउन ‘महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा ल्याएको छ।
बैंकले हालै भारतको प्रतिष्ठित म्यागजिन “बिजनेस कनेक्ट” बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij