Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

माओवादी केन्द्रका २० सदस्यीय नेताहरुको टोली चीन भ्रमणमा

माओवादी केन्द्रका २० सदस्यीय नेताहरुको टोली चीन भ्रमणमा


  • 2.3K
    Shares

    माओवादी केन्द्रका २० सदस्यीय नेताहरुको टोली चीन भ्रमणमा
    images

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् ।

    २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली बुधबार चीनको चोङकिङ सहर पुगेको छ । टोलीको नेतृत्व माओवादी केन्द्रका सचिव एवम् पूर्वमन्त्री दिनानाथ शर्माले गरेका छन् ।

    माओवादी केन्द्रको भ्रमण दलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी लगायत छन् ।

    टोलीमा वुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, अखिल क्रान्तिकारीका नेता आशा उपरकोटी, जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारी पनि छन् ।

    चोङकिङ विमानस्थलमा बुधबार चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए । बुधबार नै माओवादी केन्द्रका नेताहरुले चोङकिङ सहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेका थिए ।

    चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ सहरहरुमध्ये एक हो ।

    हाल चीन सरकारले यो सहरलाई बेल्ट एण्ड रोड र याङ्जे रिभर इकोनोमिक बेल्टको एक महत्वपूर्ण आधारको रुपमा विकास गरेको छ । यो सहर एसिया र युरोपका विभिन्न क्षेत्र र देशहरुसँग रेलमार्गबाट जोडिएको छ भने उल्लेख्य व्यापार पनि गरेको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०७:२२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij