२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।
विगत ७ दिनदेखि काठमाडौंको सडकमा देशभरका शिक्षकहरू आन्दोलन उत्रिँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेको भन्दै आपत्ति जनाए।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अभिलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अभिलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग जोडदार माग गर्दछु ।
साथै सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु ।’ उनले शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति समर्थन जनाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij