२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ पकेट मनी बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले १५ वर्षदेखि १८ वर्षको युवा पुस्ता लक्षित नयाँ खाता सञ्चालनमा ल्याएको हो ।
मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरूलाई बैंकले अर्धमासिक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्ने भएको छ ।
उक्त बचत खाता विशेष गरि भर्खरै एसईई परीक्षा दिएर बसेको विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकले जानकारी दिएको छ ।
उक्त खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेल सम्मको लागि निः शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्ने छ भने खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij