Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सहकारी ठगी प्रकरण

रवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान


  • 1.4K
    Shares

    रवि लामिछाने भैरहवा कारागार चलान
    images

    काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ ।

    शुक्रबार  राति  आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

    सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।

    गत  शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।

    जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १०:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij