२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको शालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध भएको छ । राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिाबार साँझ राँके जुलुस भएको थियो ।
सो क्रममा राजावादी समूहले मोसो दलिएको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले भने मोसो नदलिएको बताए ।
आन्दोनकारी र प्रहरीको घम्साघम्सीमा बोराको टुक्रा शालिकमा परेको थियो । तुरुन्तै प्रहरीले हटाएको हो,’ एसपी कार्कीले अनलाइनखबरसँग भने, ‘कालोमोसो भने दलिएको छैन ।’
यता नेपाली कांग्रेस नेत्री एवं नेपालगञ्जको पूर्व उपमेयर उमा थापामगरले अराजक समूहले बीपीको अनुहारमा कपडा फ्याँकेको बताइन् । उनले भनिन्,‘राप्रपाले राँके जुलुस निकालेको रहेछ । अराजक व्यक्तिहरूले बीपीको शालिकमा कपडा फ्याँकेका रहेछन् । मोसो दलेको होइन ।
त्यो कपडा हटाइसकियो ।’राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि राप्रपाले यस्तो गलत हर्कत नगर्ने आशय व्यक्त गरेका छन् ।‘राप्रपाले बीपीको वा अरू कसैको शालिकमाथि दुर्व्यवहार गर्यो भनेर कसैले भन्यो भने तपाई पत्याउनुहुन्छ रु’ प्रतिप्रश्न गर्दै श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘इतिहासको सम्मान गरौं भन्ने पार्टी र पार्टीका कार्यकर्ताले यस्तो उच्छृङ्खल र अराजक काम कदापी गर्दैन ।
यस्तो काममा कुन-कुन पार्टीका मान्छेहरू संलग्न हुन्छन् भन्ने दुनियाँलाई थाहै छ त ? तीनकुनेमा जस्तै नेपालगञ्जमा पनि घुसपैठ भयो की भन्ने आशय पनि व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij