Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग


  • 1.4K
    Shares

    नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

    काठमाडौं । स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ । नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो ।

    सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट लगायतका पदहरुमा जनशक्ति माग गरेको छ । यस्तैगरी, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, स्टोर असिस्टेन्ट पदहरुमा पनि जनशक्ति माग गरिएको कलेजले जनाएको छ ।

    कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, रेडियोडायग्नोसिस लगायतमा विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ । केही समयभित्रै कलेजले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न गइरहेको छ । विषयगत अध्ययन गरेर कम्तिमा ५ वर्ष क्याथ ल्याबमा काम गरेकाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेद्वारले चैत्र ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।

    NMC Vacancy 2081-12-21 (1).jpg

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १२:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij