२०८२ भाद्र ७ गते शनिवार
सदनबाट शिक्षा विद्येयक शिघ्रतर रुपमा पारित गरियोस् भनि शिक्षकहरुले गत चैत्र २० गते देखि सडक आन्दोलनमा उत्रेको देखिन्छ।
उक्त विधेयक शिघ्रतर रुपमा पास नभएमा चैत्र २० गतेबाट सडक आन्दोलन उत्रने भनि सरकारलाई अग्रिम जानकारी पनि शिक्षकहरुले गरेको देखिन्छ। तर सरकारले चैत्र १९ गते मध्यरातबाट हिउदे विद्येयक अधिवेसन समापन गरेको छ।
शिक्षा विद्येयक शिक्षा समितिको उपसमितिमा दफा छलफलमा रहेको देखिन्छ। समितिबाट पारित गरियो नै भने पनि सदन नचलेको स्थितिमा फुल हावसबाट पारित हुन सक्ने भएन।
यस्तो स्थितिमा विद्येयक र सदनको स्थितिबारे शिक्षकहरु सँग बार्ता–संबाद केहि नगरी सदनको समापना गर्नु सरकारको शिक्षकहरु प्रति को उपेक्षा, अपहेना र सरकारको निरँकुस चरित्रको पराकाष्टता हो। सरकारको यस प्रकारको गैर जिम्मेवार व्यबहार ले गर्दा देश भर का विद्यालयहरुको पठन पाठन ठप छ।
अतः सरकारले आन्दोलनरत शिक्षकहरु सँग अविलम्व वार्ता गरी सदनमा विचाराधिन विद्येयकबारे कहिले सम्म सदन बोलाएर पारित गर्ने भनि एउटा प्रतिवद्वता जाहेर गर्नै पर्छ। –देब गुरुङ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij