Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बालुवाटारमै सुरु भयो नेकपा सचिवालय बैठक

बालुवाटारमै सुरु भयो नेकपा सचिवालय बैठक


  • 7.0K
    Shares

    बालुवाटारमै सुरु भयो नेकपा सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भएको हो ।  बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ । 

    सो बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल हुने बुझिएको छ । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा पनि ओलीले जवाफी प्रतिवेदन ल्याएका थिए । 

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १३:२०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij