Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अमेरिकामा गोली हानेर छोराले मारे आफ्नै आमा

अमेरिकामा गोली हानेर छोराले मारे आफ्नै आमा


  • 1.7K
    Shares

    अमेरिकामा गोली हानेर छोराले मारे आफ्नै आमा
    images

    काठमाडौं । अमेरिकाको मेनमा एउटा दुःखद घटना घटेको छ । एक छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । यस गोलीबारीको घटनामा युवकको आमा र अन्य एक महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार २९ वर्षीय एक पुरुष जेम्स डेभिस तृतीयले आफ्नी आमाको गोली हानेर हत्या गरे । 

    घटनाको समयमा ४७ वर्षीय क्रिष्टिन स्मिथले कार चलाइरहेकी थिइन् । कारबाट निस्केर युवकले सडकमा गुडिरहेका अन्य सवारी साधन माथि जथाभाबी गोली हान्न थाले । यस क्रममा सोही सडक भएर कार चलाउँदै गइरहेकी ५३ वर्षकी क्याथरिन विलियम्सलाई पनि गोली लाग्यो । अस्पताल पुराउँदासम्म विलियम्सको मृत्यु भइसकेको थियो । 

    युवकले हानेको गोली लागेर छुट्टा छुट्टै सवारी साधन चलाइरहेका एक जना १९ वर्षिक युवक र ३५ वर्षीय पुरुष घाइते भएको प्रहरीले बताएको छ । यी दुवैको अवस्था गम्भीर नभएको बताइएको छ ।

    यसपछि डेभिसले आफैँमाथि गोली हाने । डेभिसको मृत्यु भएको बताइएको छ । प्रहरीले यस घटनाबारे छानबिन गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १३:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij