२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच बैंकिङ साक्षरता अभिवृद्धि तथा व्यावसायिक आदानप्रदानको उद्देश्यले सम्झौता भएको छ।
बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप र प्रशिक्षणको अवसर पनि प्रदान गर्ने छ भने विद्यार्थीहरूको क्षमता विकास, वित्तीय जागरूकता अभिवृद्धि, विद्युतीय कारोबारको जोखिमबारे सचेतना र रोजगारीको अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा छ। सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको आधामार विद्यार्थीहरूले व्यावहारिक ज्ञान प्राप्त गर्नुको साथै रोजगारीको अवसर समेत पाउने आशा रहेको छ।
मुक्तिनाथ विकास बैंकले हालै “एक फाइदा अनेक” नारा सहित ‘मुक्तिनाथ नयाँ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। सहकार्य र प्रविधिमैत्री सेवाले विद्यार्थी तथा ग्राहकहरूलाई थप सुविधा र अवसर प्रदान गर्ने विश्वास बैंक लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij