Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महाप्रसाद अधिकारीको गभर्नरको कार्यकाल पुरा, राष्ट्र बैंकबाट लिदै बिदा

महाप्रसाद अधिकारीको गभर्नरको कार्यकाल पुरा, राष्ट्र बैंकबाट लिदै बिदा


  • 869
    Shares

    महाप्रसाद अधिकारीको गभर्नरको कार्यकाल पुरा, राष्ट्र बैंकबाट लिदै बिदा

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् । 

    उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए । 
     
    उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको भन्दै यसको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति धन्यवाद समेत दिए ।  

    उनले आफ्नो कार्यकालभरमा सहयोग गर्ने राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त गरेका कार्यकारी निर्देशक तथा कर्मचारी, वर्तमान कार्यकारी निर्देशक तथा कर्मचारी र सञ्चार जगतलाई धन्यवाद दिए ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १२:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij