२०८२ माघ ७ गते बुधवार
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले व्यतित भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने घोषणा गरेको छ।
कम्पनी योजनाभित्र ३ वर्षभन्दा कम व्यतित भएको बीमालेखमा २० प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्म व्यतित भएको बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएको बीमालेखमा ३० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छ।
कम्पनीले चैत १९ गतेदेखि वैशाख १७ गतेसम्म व्यतित भएको बीमालाई सुचारु गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ। बीमा अवधिमा एक पटक छुट लिइ सकेको बिमितलाई फेरि यो सेवा प्रदान गरिने छैन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij