२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मैतीदेवीबाट सालकको खपटासहित २ जना पक्राउ परेका छन् ।
सोमवार दिउँसो मैतिदेवी पेट्रोल पम्प नजिक बा २ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी नगरपालिका-४ बस्ने ३२ वर्षीय राम मिजार र सोही ठाउँ बस्ने २७ वर्षीय नवराज मिजार रहेका छन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij