Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

संसद् बैठक

‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’

‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’


  • 2.1K
    Shares

    ‘लफंगाहरूलाई जनताको घर जलाउन पठाएर ज्ञानेन्द्रले सम्झौता भंग गरे’

    काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताएका छन् ।

    प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद भट्टराईले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाए । 

    ‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो,’ भट्टराईले भने, ‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो । त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो । अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन । सोच्नुपर्छ ।’ 
     
    उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूर्वराजा ज्ञानेन्द्रले दलहरूसँगको सम्झौता भंग गरेकाले अव सरकारले सुविधा कायम राख्छ कि खारेज गर्छ भनेर सोधे ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १२:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij