२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नयाँ नोट छाप्ने निर्णय गरेको छ। बैंकले सूचना जारी गर्दै, नयाँ ५०० दरको २३ करोड थान नयाँ नोटहरूको प्रचलनमा ल्याउनको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
नेपाल राष्ट्र बैंकले नयाँ नोट छापनको लागि प्रिक्वालिफिकेसन प्रक्रिया अन्तर्गत यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’,पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रफ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस रहेको छ।
नयाँ नोट छाप्न इच्छुक इच्छुक आपूर्तिकर्ताले आगामी मे सम्म बोलपत्र पेस गरी सक्नु पर्ने छ। बोलपत्र पेस गर्ने क्रममा २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङको शुल्क लाग्ने बैंकले जानकारी दिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij