Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


  • 1.5K
    Shares

    प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । 

    शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी दिए ।

    प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने जानकारी गराएको सभामुख घिमिरेको सचिवाले जानकारी दिएको छ । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको पनि बर्तौलाले जानकारी गराएका थिए । 

    बैठकमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको थियो । विपक्षी दलहरूले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएका थिए । बैठकमा सभामुख घिमिरेले शुक्रबार भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन विपक्षी दलहरूलाई आग्रह गरेका थिए ।

    उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल समेत गरे ।  अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध उचित नहुने उनको भनाइ रहेको सचिवालयले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - ११:१४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij