२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ ।
सहायता रकम नेपालको रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मत तथा सबलीकरणको निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जानकारी दिएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको छ ।
नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन तथाआधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिको निर्वाह गर्दै आएको तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij