Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

म्यानमारमा शक्तिशाली भूकम्प, भारत र थाइल्याण्डसम्म धक्का

म्यानमारमा शक्तिशाली भूकम्प, भारत र थाइल्याण्डसम्म धक्का


  • 2.2K
    Shares

    म्यानमारमा शक्तिशाली भूकम्प, भारत र थाइल्याण्डसम्म धक्का
    images

    काठमाडौं । म्यानमार शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ ।

    भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ ।
     
    केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो । हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन ।

    भारतीय मिडियाहरुले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । उता, थाइल्याण्डको राजधानी बै‌ंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १३:०३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij