Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

कुलमानको विषयमा प्रधानमन्त्रीले जवाफ नदिने, विपक्षी अडान नछाड्ने

कुलमानको विषयमा प्रधानमन्त्रीले जवाफ नदिने, विपक्षी अडान नछाड्ने


  • 1.7K
    Shares

    कुलमानको विषयमा  प्रधानमन्त्रीले जवाफ नदिने, विपक्षी अडान नछाड्ने
    images

    काठमाडौं । कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको रटान र जवाफ नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ । 

    कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षको अडान र प्रधानमन्त्री जवाफ दिन तयार नभएकाले बुधवारदेखि अवरुद्ध संसद् बैठक अझै चल्न सकेको छैन ।

    बुधबार दुई पटक स्थगित भएको प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई निर्धारण गरिएको थियो । तर बिहीबार ११ बजेको बैठक पनि बस्न नसकेपछि दिउँसो २ बजेलाई सारिएको थियो । डेढ घण्टा बित्दा समेत २ बजेका लागि तय भएको बैठक अझै बस्न सकेको छैन । 

    संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बिहीबार बिहानैबाट छलफल गरिरहेका छन् । छलफलमा प्रतिपक्षले प्रधानमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने अडान राखेको छ भने सत्तापक्षले प्रधानमन्त्री जवाफ दिन नआउने बरु सरकारका तर्फबाट कसैले जवाफ दिन सक्ने बताउँदै आएको छ । 

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारका तर्फबाट कसैले जवाफ दिनसक्ने भए पनि प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिने बताउँछन् । 

    ‘प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुहुन्न बरु सरकारको तर्फबाट कसैले जवाफ दिन सकिन्छ’, बर्तौलाले भने, ‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीले जवाफ दिँदै हिँड्ने कुरा राम्रो होइन ।’ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे भने प्रधानमन्त्रीबाहेक अन्यले जवाफ दिने कुरामा सहमत हुन नसक्ने बताउँछन् ।

    ‘विषय प्रवेश भइसकेपछि प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ प्रधानमन्त्रीबाहेक कसैले पनि जवाफ दिने विषयमा सहमत हुन सकिँदैन’, पाण्डेको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १५:४५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij