Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक

आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक


  • 1.1K
    Shares

    आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
    images

    काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक सुरु भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार अपराह्नदेखि बैठक सुरु भएको हो । 

    समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो । सोही प्रदर्शनको विषयमा आवश्यक रणनीति बैठकले तय गर्ने मोर्चाका एक नेताले बताए । 
     
    सोही दिन व्यवस्था विरोधी दल तथा समूहले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका हुन् । 

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १७:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij