२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ। कम्पनिले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २५० रुपैयाँको जारी गर्ने भएको हो । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
१०० रुपैयाँ अंकित मूल्यमा कुल ५१ हजार २९२.५ कित्ता शेयर बिक्री गर्ने भएको छ। एफपीओ बिक्री प्रक्रिया २०८२ वैशाख ४ गतेसम्म खुला हुनेछ। एफपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको शेयर खरिद गर्न सक्ने छ। इच्छुकले लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने छ।
एफपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशतसम्म पुग्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij