२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरू विगत एक सातादेखि रिले अनसन बस्दै आएका छन्।
भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनसनमा बसेका हुन्।
शिक्षकहरूले राखेका माग पूरा गर्न दबाब दिन उनीहरू अनसनमा बसेका हुन्।
पाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेजस्ता माग राखेर रिले अनसन गरिएको बताए। विगत ६ दिनदेखि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म शिक्षकहरू अनसन बस्दै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij