Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?

राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?


  • 1.6K
    Shares

    राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक जारी छ । पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले जनाएको छ । 

    बैठकमा निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी पनि उपस्थित छन् ।  

    आजको पदाधिकारीको बैठकमा राजावादी आन्दोलनको गतिविधि र विकसित राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने एजेन्डा छ । यस्तै, राप्रपाले आजको बैठकमा आगामी आन्दोलनको समेत तयारी गर्ने अध्यक्ष लिङ्देनको सचिवालयले खबरहबलाई बताएको छ । 

    फागुन २५ गतेदेखि राप्रपा पनि राजा फर्काउने आन्दोलनमा सक्रिय छ । तर राप्रपामा पनि सदन छोडेर आन्दोलन गर्ने समूह र सदनसँगै आन्दोलन गर्ने भन्ने दुई समूह हुँदा विवाद छ । 

    राप्रपाबाट प्रतिनिधि सभामा १४ सांसद छन् । भने प्रदेश खारेजको पक्षमा रहेको यस पार्टीबाट विभिन्न प्रदेशमा समेत सांसदहरु छन् ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १४:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij