२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म Global Money Week 2025 अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ‘Think before you follow, wise money tomorrow’ नारा लाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij