२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्व सम्मतिले पारित भएको छ ।
सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । सभामा शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले अर्को वर्ष लाभाँश बाँड्न सक्ने अवस्थामा संस्थालाई प्रतिबद्ध भएर काम गरेको बताइन् ।
स्थापनाको छ वर्ष पूरा गरेको संस्थाकोे गत आर्थिक वर्षसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा रहेका छन् । १०,९३,७५,००० शेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ४,२३,३४,७३२ रहेको छ ।
संस्थाको प्रति शेयर आम्दानी ७.२२ ले ऋणात्मक, अघिल्लो वर्ष ३८.२५ ले ऋणात्मक रहेकोमा समिक्षा अवधिमा सुधार भएको हो । संस्थाले समिक्षा अवधि सम्ममा ३३,७१८ सदस्यहरुबाट ९८ करोड ७८ लाख भन्दा बढि निक्षेप संकलन गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij