Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

अमेरिकामा अवैध पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

अमेरिकामा अवैध पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने


  • 1.9K
    Shares

    • images
    अमेरिकामा अवैध पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता गुमाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ।

    वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरिसकेको छ। क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता सकिएको हो।

    सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गर्न सुरु गरिने जनाइएको छ। केही आप्रवासीलाई अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट भएको घोषणा भएको थियो।

    गृह मन्त्रालयले सूचना जारी गर्दै बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप लगाएको छ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १२:५३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij