Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

गणतन्त्रको पक्षमा एमालेले देशभरका वडामा जनचेतना फैलाउने

गणतन्त्रको पक्षमा एमालेले देशभरका वडामा जनचेतना फैलाउने


  • 1.3K
    Shares

    गणतन्त्रको पक्षमा एमालेले देशभरका वडामा जनचेतना फैलाउने
    images

    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दैछ । मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन एमालेले अभियान चलाउने भएको हो ।

    जस अन्तर्गत आज चैत ११ गते सोमबार एकै दिन एकै समय देशैभरका ६ हजार ७४३ वडामा सचेतना कार्यक्रम गर्न लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडाहरूमा सभा, गोष्ठी र प्रदर्शन लगायतका चेतनामूलक कार्यक्रमहरू हुनेछन् । 

    यसैगरी एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गर्ने एमालेले घोषणा गरिसकेको छ । चैत १८ गते नै ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा पनि आयोजना गर्दैछ । चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने घोषणा गरेको एमालेले बागमती प्रदेशको हकमा पछि कार्यक्रम गर्ने जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १०:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij