Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

पौने तीन घण्टा ढिलो गरी सुरु भयो कांग्रेस बैठक

पौने तीन घण्टा ढिलो गरी सुरु भयो कांग्रेस बैठक


  • 1.8K
    Shares

    पौने तीन घण्टा ढिलो गरी सुरु भयो कांग्रेस बैठक
    images

    काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आइतबार (चैत १०) अपराह्न करिब पौने ४ बजे बैठक सुरु भएको हो ।

    आइतबारै दिउँसो १ बजे बस्ने गरी बैठकको समय निर्धारित थियो । निर्धारित समयभन्दा पौने तीन घण्टा ढिलो गरी बैठक सुरु भएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै बैठक बसेको छ ।

    भ्रातृसंस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्ने भन्ने विषयमा बैठकमा छलफल गरिँदै छ । बैठक सुरु हुनुअघि नेताहरूले छुट्टाछुट्टै छलफल गरेका थिए ।

    सभापति शेरबहादुर देउवाले भने डडेलधुराका कांग्रेस नेताहरूसँग लामो छलफल गरेका थिए । सभापति देउवा दिउँसो २ नबज्दै कार्यालय पुगेका थिए ।

    भ्रातृसंस्थाहरूको महाधिवेशन गराउन यही चैत मसान्तसम्मको समयसीमा तोकिएको थियो । तर, अधिकांश मुख्य भ्रातृसंस्थाको महाधिवेशन नहुने भएपछि नयाँ पदाधिकारी नियुक्त वा म्याद थप गर्ने भन्नेबारे छलफल गरिँदै छ ।

    यसबाहेक गणतन्त्रविरुद्ध देखिएको जनमतसहितका समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १६:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij