Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा


  • 1.2K
    Shares

    ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।

    पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हनु पनि नसक्ने बताए।

    उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’

    उनले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १४:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij