Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन

अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन


  • 806
    Shares

    • images
    अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमााडौं ।  अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन हुँदैछ। चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो। बिहानदेखि नै सहज रूपमा मतदान सुरु भएको छ ।

    चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो। अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो। जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो। 

    तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो। त्यसपछि बसेको सर्वदलीय बैठकले चैत १० गतेका स्ववियु निर्वाचनको मिति तोकेको थियो।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १०:३६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij