Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते


  • 6.8K
    Shares

    स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते
    images

    नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा-९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।

    थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको बसले लु २० प २४३७ नम्बरको मोटरसाइकललाई भित्री सडकमा ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट मध्यविन्दु नगरपालिका १३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो । कुमालको चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।

    दुर्घटनामा परी मध्यविन्दु नगरपालिका १३ निवासी मनु विक र सोही ठाउँकै २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । घाइते दुबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १२:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij