Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड


  • 1.6K
    Shares

    ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको आरोप लगाएका छन् । शुक्रबार (चैत ८) वीरगन्जमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

    आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्न बनेको उनले उल्लेख गरे । उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको जिकिर गरे ।

    भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको उनले आरोप लगाए ।

    “...राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,” उनले भने, “लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूलाठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ । उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ ।”

    उनले ०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताए । आफू ०८४ सम्म जनताकै साथमा रहने उनको भनाइ थियो ।

    सरकारमा हुँदा एउटा र प्रतिपक्षमा पुग्दा अर्को भन्ने कुरा माओवादीमा लागु नहुने उनले जिकिर गरे । उनले सरकारमा हुँदा आफूहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासका निम्ति गति दिने विषयमा आफूहरूले सरकारमा हुँदा जोड दिएको उनले सुनाए ।

    आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको उनले टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १३:२०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij