Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तेलको निर्यात ६ हजार ९४ प्रतिशतले वृद्धि

तेलको निर्यात ६ हजार ९४ प्रतिशतले वृद्धि


  • 1.3K
    Shares

    तेलको निर्यात ६ हजार ९४ प्रतिशतले वृद्धि
    images

    काठमाडौं । चालु वर्षको ८ महिनामा तेलको निर्यात वृद्धि भएको छ । चालु वर्षको फागुनसम्म भटमास र सूर्यमुखी तेलको निर्यात ६ हजार ९४ प्रतिशतले वृद्धि भएको छ।

    चालु वर्षको फागुनसम्म कुल निर्यातमा खाने तेलको निर्यात ३५.३५ प्रतिशत रहेको छ । पछिल्लो ८ महिनामा ४७ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ बराबरको २२ करोड ८५ लाख ४८ हजार लिटर भटमासको तेल निर्यात भएको थियो भने ७ अर्ब ५९ करोड २९ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख लिटर सूर्यमुखी तेल निर्यात भएको थियो ।

    यस अवधिमा ५५ अर्ब ९२ करोड ९४ लाख बढीको भटमास र सूर्यमुखी तेलको निर्यात भएको भन्सार विभागमा उल्लेख गरीएको  छ । गत वर्षको यसै अवधिमा ९० करोड २८ लाख रुपैयाँको निर्यात भएको हो। गत आवको सोही अवधिमा ७५ करोड ४१ लाख रुपैयाँको ३६ लाख ९१ हजार लिटर भटमासको तेल र १४ करोड ८७ लाख रुपैयाँ बराबरको ७ लाख ९८ हजार लिटर सूर्यमुखी तेल निर्यात भएको थियो । 

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १२:१९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij