Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८ महिनामा २१ अर्ब ९१ करोडभन्दा बढी मोबाइल आयात

८ महिनामा २१ अर्ब ९१ करोडभन्दा बढी मोबाइल आयात


  • 1.5K
    Shares

    ८ महिनामा २१ अर्ब ९१ करोडभन्दा बढी मोबाइल आयात
    images

    काठमाडौं ।  चालू आर्थिक वर्षको ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको मोबाइल आयात भएको छ । 

    नेपाली बजारमा विश्वको विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। तीमध्ये  अमेरिका, युएई, क्यानाडा, चीन, भारत, जापान, कोरिया, भियतनाम लगायत देशबाट बढी मोबाइल सेट आयात हुने गरेको हो।

    भारतबाट ६ अर्ब ३९ करोड ९ लाख ६५ हजार रुपैयाँको मोबाइल आयात भएको छ भने चीनबाट सबैभन्दा बढी १५ अर्ब ९ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरको ११ लाख ७ हजार ८३ सेट मोबाइल आयात भएको छ । 

    फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरीएको छ।  सरकारले ३ अर्ब १९ करोड २८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - ११:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij