Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालु वर्षको ८ महिनामा ४२ अर्बको खाद्यान्न आयात

चालु वर्षको ८ महिनामा ४२ अर्बको खाद्यान्न आयात


  • 2.2K
    Shares

    चालु वर्षको ८ महिनामा ४२ अर्बको खाद्यान्न आयात
    images

    काठमाडौं । चालु वर्षको ८ महिनामा नेपालमा ४२ अर्ब बराबरको खाद्यान्नमध्ये १२ अर्बको चामल मात्रै आयात भएको छ ।

    फागुनसम्मको अवधिमा नेपालबाट २ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात समेत भएको छ । चालु आर्थिक वर्षमा नेपालले खाद्यान्नमा ४२ अर्ब ९० करोड ६२ लाख ४ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । 

    नेपालमा १२ अर्ब ३२ करोड ८१ लाख ११ हजार रुपैयाँको १ लाख ५४ हजार मेट्रिकटन चामल आयात भएको हो । ८ लाख ५४ हजार ८४३ मेट्रिकटन खाद्यान्न आयात हुँदा ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपैयाँ भएको छ । खाद्यान्नको कारोबारबाट राज्यले भन्सार राजस्व ३ अर्ब ८३ करोड ९२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १६:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij