Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८ महिनाको अवधिभित्र नेपालमा १० हजार कार भित्रिए

८ महिनाको अवधिभित्र नेपालमा १० हजार कार भित्रिए


  • 1.6K
    Shares

    ८ महिनाको अवधिभित्र नेपालमा १० हजार कार भित्रिए
    images

    काठमाडौं । चालू वर्षको ८ महिनामा नेपालमा १० हजार कार भित्रिएको छ। साउनदेखि फागुनसम्म विद्युतीय, पेट्रोल र डिजेल गरी कुल १० हजार २४ गाडी भित्रिएको छ। 

    फागुनसम्म चीनबाट कुल ५ हजार २८५ गाडी भित्रिएको छ भने भारतबाट कुल ४२ सय कार, भ्यान र जिप नेपालमा भित्रिएका हो। जापान, जर्मनी, कोरिया, अमेरिकाबाट समेत गाडी नेपालमा आइरहेको छ। 

    चीनबाट ५० किलोवाटको १४ सय ३६ वटा, भारतबाट १ हजार ९४ वटा गाडी, २०१ किलोवाटमाथि चीनबाट १० वटा, जर्मनीबाट ३ वटा, अमेरिकाबाट १ गाडी, १ देखि १०० किलोवाटसम्म ३ हजार १९७, चीनबाट, भारतबाट ६८१ वटा र कोरियबाट १ गाडी भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ। ठूलो बसको व्यापारमा भारतकै एकलौटी भए पनि २५ सिटसम्मका साना बस तथा माइक्रोको बजार चीनबाट भित्रिएको छ ।

    फागुनसम्म ७ हजार ८९ विद्युतीय गाडी नेपालमा भित्रिएका छन्। चीनबाट ५ हजार २७८ विद्युतीय गाडी भित्रिएका छन्। भारतबाट १७ सय ७५ मात्रै भित्रिएका छन्। डिजेल पेट्रोलको कुल २९ सय ४५ कार, जिप भित्रिएको छ। यसमा चीनबाट जम्मा ७ गाडी आयात हुँदा भारतबाट मात्रै २४ सय २५ गाडी भारतबाट भित्रिएको भन्सार विभागको तथ्यांकमा सार्वजनिम गरिएको छ । 

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले सबै निजी गाडीमा ६० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ। 

     

     

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १५:४१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij