२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १३ खर्ब ३७ अर्ब ७४ करोड बराबरको वैदेशिक व्यापार भएको छ ।
गत वर्षको सोहि अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यपार भएको छ भने चालु वर्षको कुल व्यापारमध्ये ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ र १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ । गत वर्ष सोहि अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड व्यापार घाटा रहेको थियो ।
गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । १ खर्ब ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । चालु वर्षमा ११ % ले आयात बढेको छ भने ५७ % निर्यात बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij