Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओरालो लागेको मृगलाई बाच्छाले समेत लखेट्छ भनेझैँ गरि लखेटिदै प्रचण्ड, छोड्नेको लाग्न थाल्यो ताँती 

ओरालो लागेको मृगलाई बाच्छाले समेत लखेट्छ भनेझैँ गरि लखेटिदै प्रचण्ड, छोड्नेको लाग्न थाल्यो ताँती 


  • 14.9K
    Shares

    ओरालो लागेको मृगलाई बाच्छाले समेत लखेट्छ भनेझैँ गरि लखेटिदै प्रचण्ड, छोड्नेको लाग्न थाल्यो ताँती 

    काठमाडौँ । नेकपालाई अदालतले हुत्याईदिए पछि माओवादी केन्द्रले संघ र प्रदेशमा गरी १३ सांसद गुमाएको छ। माओवादीले संघीय संसद्‍मा पाँच र प्रदेशमा आठ जना गरी १३ जना सांसद गुमाएको हो।

    संघमा माओवादीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित रामबहादुर थापा‘बादल’ तथा प्रतिनिधि सभातर्फ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पद गुमेको छ। तत्कालीन नेकपाले सर्वोच्च अदालतबाट वैधता नपाएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी छाडेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा लागेका उनीहरुको सांसद पद गुमेको हो।

    थापा ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री छन्। त्यसैगरी रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम मन्त्री छन्। सांसद पदसँगै मन्त्री पद पनि गुमेपछि उनीहरु मन्त्रीमा पुनःनियुक्त भइसकेका छन्।

    थापा नेकपा विभाजन हुनुभन्दा अघि माओवादी कोटाबाट सरकारमा गएका थिए। भट्ट गत मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा मन्त्री भएका थिए। यस्तै रायमाझी, साह र चौधरी प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गत पुस १० गते तत्कालीन नेकपाको माओवादी पक्ष छाडेर ओली पक्षमा लागेका थिए। उनीहरुलाई ओलीले मन्त्री बनाएका हुन्।

    थापासहित पाँच जनालाई माओवादीले कारबाही गरेपछि सांसद पद रिक्त छ। प्रदेश सभाका आठ सांसदलाई माओवादीले कारबाही गरेकाले ती सांसद पद पनि रिक्त छन्।

    प्रदेश १ बाट टंक आङबुहाङ माओवादी छाडेर एमालेमा लागेका छन्। प्रदेश २ बाट रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले पनि माओवादी केन्द्र छाडेका छन्। लुम्बिनी प्रदेशबाट दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णाली प्रदेशबाट धर्मराज रेग्मी एमालेमा गएका छन्। प्रचण्डका भित्रिया समेतले उनलाई फटाफट छोड्न थालेका हुन्। ओराली लागेको मृगलाई बाच्छाले समेत लखेट्छ भने झैँ गरि प्रचन्डलाई छोड्नेको ताँती लागेको छ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १६:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij