२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी हुन।
बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनलाई नियुक्त गरिएको छ ।
हाल बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे रहेका छन् भने सञ्चालक सदस्यमा श्रेष्ठसहित प्रजन्य राजभण्डारी, मदिपंकर शाक्य उदय, दन कुमार आचार्य, कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij