२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।
लगानी व्यवस्थापन गर्नको लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी लगानी व्यवस्थापन इकाई’ स्थापना गरी ७ दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ ।
बीमा कम्पनीहरूले लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए ७ दिनभित्र जानकारी दिन सबै बीमा कम्पनीहरू लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यको लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई ७ दिनभित्र प्राधिकरणमा जानकारी दिन समेत प्राधिकरणले निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij