२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म २६ खर्ब ७६ अर्ब रुपैयाँ ऋण पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको ऋण ८ महिनाको अवधिमा २ खर्ब ४२ अर्ब रुपैयाँले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठान गरेको छ । यही अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ ।
३६ अर्ब ९७ करोड रुपैयाँ बराबरको आन्तरिक ऋणको ब्याज भुक्तानी तथा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बाह्य ऋणको ब्याज भुक्तानी गरेको तथ्यांक रहेको छ । यस अवधिसम्म् विदेशी विनिमयदरमा भएको ह्रासका कारण ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।
सरकारले यस वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण तथा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बाह्य ऋण उठान गर्ने लक्ष्य लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij